
विद्युतीय सुरक्षा दिवसका अवसरमा २६ चैतमा थाहानगरमा प्रभातफेरी ¥याली आयोजना गरिएको छ ।
नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले विद्युतीय दुर्घटना न्यूनिकरणका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो । नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र कार्यालयबाट शुरु भएको प्रभातफेरीमा विद्युतीय सुरक्षा र सचेतना लेखिएका प्लेकार्ड बोकी नगरको थानाबजार क्षेत्र परिक्रमा गरिएको थियो ।
विद्युतीय दुर्घटना न्यूनिकरणका लागि नेपाल विद्युत प्राधिकरणले प्रत्येक वर्ष चैत्र २६ मा विद्युतीय सुरक्षा दिवस मनाउदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्