मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ कुन्छालमा क्रियाशील गैरसरकारी संस्था निष्पक्ष युवा समूहको अध्यक्षमा रामशरण गोपाली निर्वाचित भएका छन् । समूहको २४ चैतमा भएको १९ औं वार्षिक साधारणसभा तथा दशौ अधिवेशनले गोपालीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

युवा समूहको उपाध्यक्षमा प्रकाश गोपाली, सचिवमा रणु गोपाली, सहसचिवमा धर्मेन्द्र गोपाली, कोषाध्यक्षमा हिरामती गोपाली निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा प्रेम बहादुर गोपाली, पदेन सदस्यमा संस्थापक अध्यक्ष रुपचन्द्र गोपाली र पूर्र्व अध्यक्ष सुमन गोपाली चयन भएका छन् ।

समूहको कानूनी सल्लाहकारमा निराज गोपाली चयन भएका छन् ।

पालिका प्रेस
थप जानकारी