मकवानपुर थाहा नगरपालिकामा विश्व क्षयरोग दिवसको अवसरमा विविध सचेतना कार्यक्रमहरु सञ्चालन गरी मनाइएको छ । वर्षेनी मार्च २४ मा विश्वभर यो दिवस मनाइँदै आएको छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ ।

दिवसको अवसरमा थाहा नगरपालिका वडा नम्बर ९ चित्लाङमा ¥याली सहित सचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको छ । सान्भी फिल्मस् सँगको सहकार्यमा थाहा नगरपालिकाले नगरपालिकाको चित्लाङ र वडा नम्बर ७ को डाँडाबासमा सचेततामुलक सडक नाटक प्रदर्शन गरेको थाहा नगरपालिका क्षयरोग संयोजक प्रदिम्न हमालले जानकारी दिए। चित्लाङमा भएको ¥यालीमा वन विज्ञानतर्फका विद्यार्थी तथा चित्लाङ कराते डोजोका खेलाडीहरु तथा अभिनेता सलोन बस्नेत, चलचित्र निर्देशक सुरेश न्यौपाने समेतको सहभागिता रहेको थियो।

विश्वव्यापी रुपमा क्षयरोग अन्त्यका लागि गरिएका थाहानगरका सबै पक्षको साझा तथा सामूहिक संकल्पमा थाहानगर प्रतिवद्ध रहेको थाहा नगर प्रमुख विष्णु बहादुर विष्टले जानकारी दिए । थाहामा नेपालमै नमुनाको रुपमा क्षयरोग निवारण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन भइरहेको छ । नगरलाई क्षयरोग मुक्त पालिका घोषणा गर्ने कार्यक्रम रहेको छ । नगरका सबै वडामा गरी हालसम्म १ सय १ जना क्षयरोगी पत्ता लगाईएकोमा ८९ जनाको उपचारबाट निको भैसकेको संयोजक हमालले जानकारी दिए ।

यसवर्ष ‘हामी क्षयरोग अन्त्य गर्न सक्छौंः लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने रहेको थियो । यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ ।

पालिका प्रेस
थप जानकारी