मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नंम्बर ५ को नवनिर्मित भवनको उद्घाटन गरिएको छ । भवनको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले १ फागुनमा उद्घाटन गरेका हुन् ।

५ नम्बर वडा अध्यक्ष धनराज महर्जनको अध्यक्ष्तामा भएको वडा कार्यालय उद्घाटन कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान विशिष्ट अतिथी रहेकी थिइन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष जीवन लामा, उपाध्यक्ष उमा कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साललगायतकाको उपस्थिती रहेको थियो ।
कार्यक्रम संचालन गाउँपालिकाका योजना तथा प्रशासकीय अधिकृत दीपक चापागाईले गरेका थिए ।

वडा कार्यालय निर्माणका लागि इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का गणेश बहादुर थोकर, कान्छी लामा र बीर बहादुर लामाले जग्गा दान गरेका थिए ।

फोटो फिचर
तस्वीर: राजन खतिवडा/पुस्कल गोले सागर

 

 

पालिका प्रेस
थप जानकारी