पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत प्रमुख डाक्टर पवन कार्कीलाई बिदाई पनि गरिएको छ । थाहा नगरपालिकामा रहेको केन्द्रमा कार्यरत डाक्टर कार्की वैदेशिक अध्ययनका लागि जाने भएपछि ३० मंसिरमा एक समारोहकाबीच विदाई गरिएको हो ।
बिदाई हुँदै गर्दा डाक्टर कार्कीले आफुहरुको नेतृत्वमा स्वास्थ्य केन्द्रलाई उचाईमा पु¥याएको उल्लेख गर्दै स्वास्थ्य संस्थालाई राजनीतिबाट टाढा राख्न अनुरोध गरे।डाक्टर कार्कीले आफुलाई साथ र सहयोग गर्ने सम्पुर्ण कर्मचारी, थाहा नगरपालिका प्रमुख, उपप्रमुख, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीको साथ र सहयोगले स्वास्थ्य केन्द्रलाई सुधार गर्न सक्षम भएको उल्लेख गरे । कार्कीले आगामी दिनमा पनि नगरपालिकाबाट अनुगमन र नियमन भएमात्र संस्था सुधार हुने बताउदै फेरि पनि अध्ययन सकेपछि यहि सेवा गर्ने वातावरण तयार पारेर राख्न आग्रह गरे ।
कार्यक्रममा नगर प्रमुख बिष्टले डाक्टरद्वय गगन कार्की र पवन कार्कीले संस्थालाई दिएको योगदानको नगरपालिकाले उच्च मूल्याकंन गरेको बताउदै नगरपालिकाको स्वास्थ्य क्षेत्र र नगरबासीको स्वास्थ्य सेवा पाउने अधिकारलाई कुनै हालतमा सम्झौता नगरिने बताए । विष्टले फेरि पनि डाक्टरद्वय आफ्नै जन्मभुमिमा फर्की सेवा दिने श्श्विास रहेको सुनाए ।
कार्यक्रममा थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल,पालुङ बहुउद्देश्यीय सहकारीका व्यवस्थापक प्रकाश पौडेल, पालुङ जेसीजका महासचिव बिक्रम गोपाली, पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्टले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबु अर्याल, विभिन्न राजनैतिक दलका प्रतिनिधि, प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीहरु, महिला स्वास्थ्य स्वयंसेवीकाहरु, स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका पदाधिकारीहरु, पत्रकारलगायतका उपस्तिथि रहेको थियो।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्