हेटौंडा उपमहानगरपालिका–६ लाई निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । २७ मंसिरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ६ नं. वडालाई उपमहानगरपालिकाको १० औं वडाका रुपमा बालमैत्री वडा घोषणा गरिएको हो ।
हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको प्रमुखआतिथ्यता एवम् उपमेयर राजेश बानिंयाँको विशेष आतिथ्यतामा घोषणा भएको हो । कार्यक्रममा ६ नम्बर वडाका अध्यक्ष एवम् बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मूलसमारोह समिति संयोजक विष्णुबहादुर दाहालले आवश्यक ५१ सूचकमध्ये ४८ सूचकमा सतप्रतिशत र ४ वटा सूचकमा न्यूनतम नतिजा हासिल गरेको दाबी गरे । यस वडामा १९ वटा बालसमूह र एउटा वडा बालसञ्जालमा ४ सय ७५ बालबालिका आबद्ध रहेका छन् ।

२०७९ को घरधुरी सर्वेक्षण अनुसार यस वडामा १८ वर्ष मुनिका २ हजार १ सय बालबालिका रहेका छन् । कार्यक्रममा बंशगोपाल माध्यमिक विद्यालयबाट ¥याली निकालेर चौघडा बजार परिक्रम गरी कार्यक्रमस्थल पुगेको थियो ।















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्