मकवानपुरको सदरमुकाम हेटौंडा उपमहानगरपालिकासहित ७ वटा पालिकामा सामुदायिक आँखा केन्द्रले सेवा सञ्चालन गरेका छन् । जिल्लाको १० पालिकामध्ये बाँकी ३ वटामा पनि आँखा केन्द्र स्थापना गरी सञ्चालन गर्ने तयारी छ ।
हेटौंडा सामुदायिक आँखा अस्पतालले थाहा नगरपालिका, मनहरी गाउँपालिका, बागमती गाउँपालिका, ईन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका र बकैया गाउँपालिकासँगको सहकार्यमा ग्रमीण आँखा केन्द्र पनि संचालन गरिसकेको छ । त्यसैगरी राक्सिराङ, भीमफेदी र मकवानपुरगढी गाउपालिकासँग पनि ग्रामीण आँखा केन्द्र स्थापनकोलागि छलफल भईरहेको छ । पालिकाहरुमा नयाँ शल्यक्रिया भवन निर्माण गरी सेवा प्रदान गर्नुका साथै न्यून दृष्टि भएका बालबालिकाको लागि पनि छुट्टै सेवा प्रदान गर्ने योजना रहेको छ ।
हेटौंडामा भने हेटौंडा सामुदायिक आँखा अस्पताल १६ वर्षदेखि शुरु भएको हो । ५ मंसिर २०६५ मा अष्ट्रेलियन राजदुत ग्राहम लेडले हेटौंडामा साुमदायिक आँखा अस्पतालको उद्घाटन गरेका थिए । नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको पहिलो शाखाको रुपमा हेटौंडा सामुदायिक आँखा अस्पताल स्थापना भएको हो । स्थापनाकालदेखि हालसम्म अस्पतालमा ८ लाख ९३ साझाकुरा संवाददाता हजार जनाले आँखा जाँच गरिसकेका छन् । ६० हजार मोतिविन्दुका बिरामीको शल्यक्रिया भएको छ । विभिन्न क्षेत्रमा निःशुल्क आँखा शिविर संचालन गरेर २२ हजारको निःशुल्क शल्यक्रिया गरिएको छ ।
अस्पतालमा आँखा जाँच, चश्मा जाँच, शल्यक्रिया सेवा, औषधि सेवा प्रदान गरिदै आईरहेको छ । यसका साथै आँखा स्वाथ्य सम्बन्धि जनचेतना प्रदान गर्न बिभिन्न समयमा विद्यालयका शिक्षक, स्वास्थ्य कार्यकता, महिला स्वास्थ्य स्वयम्सेविका, कारखानाका कामदार लगायत बिभिन्न समूहलाई तालिम गोष्ठी आयोजना गर्दै आएको छ । अस्पतालमा आई आँखा उपचार सेवा लिन नसकेकाहरुलाई ग्रामीण क्षेत्रमा नै पुगी निःशुल्क आँखा शिविर पनि आयोजना गर्दै आइरहेको छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्