पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २४ कार्तिकमा थाहा नगरपालिका आउने भएपछि उनको स्वागतको लागि तयारी तिब्र पारिएको छ ।
माओवादी केन्द्रको सहायक संगठन वाईसिएल नेपाल थाहानगर कमिटीको दोस्रो सम्मेलन उद्घाटनका लागि काठमाण्डौंबाट स्थलमार्ग हुँदै अध्यक्ष प्रचण्ड थाहानगर आउन लागेका हुन् । प्रचण्ड थानकोट–चन्द्रागिरि–चित्लाङ हुँदै थाहा आउन लागेका हुन् । उनको स्वागतका लागि थाहा नगरपालिका वडा नम्बर ६ सरस्वती बजारमा स्वागत गर्ने कार्यक्रम तय भएको छ । सरस्वती बजारबाट मोटरसाईकल ¥यालीसहित कार्यक्रमस्थल थाहानगरको इन्द्रायणी चौर आउने कार्यक्रम रहेको माओवादी थाहानगरका अध्यक्ष बिनोद लामाले जानकारी दिए ।
प्रचण्डको स्वागतका लागि थाहानगरको वडा समितिहरुले विशेष स्वागत गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रमलाई भव्य बनाउन थाहाको गोपाली गाउँबाट इन्द्रायणी चौरसम्म विभिन्न झाँकीसहित पदैल ¥यालीको तयारी गरिएको नगर अध्यक्ष लामाले बताए । उनका अनुसार ¥यालीमा महिला पञ्चेबाजा, तामाङहरुको झाँक्री नाँच, महिलाहरुको खैजडी, गोपालीहरुको बासुरीको धुन, नेवारहरुको धिमे बाजासहित विभिन्न झाँकीहरु समेत सहभागिता रहनेछ ।
२४ कार्तिकमै अध्यक्ष प्रचण्डले शहीद तथा बेपत्ता परिवार, पूर्व जममुक्ति सेनालाई सम्मान तथा पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । सम्मेलनलाई भव्य बनाउन तिहार सकिए लगतै तयारी तीब्र बनाईको थाहानगर अध्यक्ष लामाले बताए । उनले टोल समिति, गाउँ समिति, वडा समिति हुँदै पालिका समितिलाई क्रियाशिल बनाएर सबै प्रकारको तयारीमा जुटिरहेको जानकारी दिए ।
सम्मेलनले बाइसिएल थाहा नगर समितिको नयाँ नेतृत्व चयन गर्ने थाहानगर अध्यक्ष मानसिं दोङले बताए ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्