बागमती प्रदेश सरकारले मकवानपुरका तीनवटा गाउँपालिकासहित बागमती प्रदेशका ४५ वटा स्थानीय तहलाई आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारले विपद् जोखिमयुक्त प्रदेशका ४५ वटा स्थानीय तहलाई कुल ५ करोड ८० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्दा जिल्लाका तीन पालिकाले ४५ लाख पाउने भएका हुन् ।
विपद्बाट धेरै प्रभावित बनेको इन्द्रसरोबर गाउँपालिकाले २० लाख, बागमती गाउँपालिकाले १५ लाख र बकैया गाउँपालिकाले १० लाख रुपैयाँ आर्थिक सहायता पाउने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्