मकवानपुर थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा विविध नविनतम अभ्याससहित नागरिकलाई सेवा प्रदान गरेको जनाएको छ । स्वास्थ्य शाखाले वार्षिक समीक्षा कार्यक्रमको अवसरमा शाखाले गरेका कामहरुको विषयमा जानकारी दिएको हो । शाखाले थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको बज्रवाराही स्वास्थ्य चौकी परिसरमा व्यायमशाला स्थापना गरेको छ । व्ययामशालामा विहानै नागरिकहरुको भिड लाग्ने गरेको शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । अन्य पालिकाहरुको भन्दा फरक अभ्यासससहित यो कार्यक्रम संचालनमा ल्याउँदा प्रभावकारिता देखिएको समीक्षको अवसरमा बलामीले प्रष्ट पारे ।

ग्रामिण भिडियो एक्सरे ।
थाहानगरको १२ स्वास्थ्य संस्था मध्ये ५ वटा स्वास्थ्य संस्थाबाट सशुल्क प्रयोगशालाको सेवा सुरु गरिएको छ । नगरको पालुङ प्राथमिक स्वास्थ्य केन्द्र, आग्रा स्वास्थ्य चौकी, टिष्टुङ, बज्रवाराही र चित्लाङ स्वास्थ्यचौकीबाट प्रयोगशाला सेवा प्रवाह भैरहेको छ ।

एक्सरे सेवा
पालिकाले गत आर्थिक वर्षबाटै अक्सिजन प्लान्ट संचालनमा ल्याइ वितरण कार्यको शुभारम्भ गरिएको छ । थाहा नगरपालिका वडा नम्बर ४ को क्याम्पाडाँडामा निर्माणाधिन १५ शैया अस्पताल परिसरमा प्लान्ट जडान गरी अक्सिजन उत्पादन तथा वितरण सेवा शुरु गरिको हो । यस सेवा अन्तर्गत विपन्न विरामीहरुलाई निःशुल्क सिलिण्डर तथा अक्सिजन समेत वितरण गर्दै आएको छ । विपन्न विरामीलाई वडा कार्यालयको सिफारिसमा निःशुल्क अक्सिजन वितरण गर्दै आएको छ ।

जिल्ला प्रथम पुरस्कार ग्रहण गर्दै ।
पालिकाले १२ वटै वडाहरुमा निःशुल्क ग्रामिण भिडियो एक्सरे सेवा पनि दिदै आएको छ । वडाहरुमा रहेका स्वास्थ्य संस्थाहरुमा घुम्ती शिविरकै रुपमा डाक्टरसहितको टोलीबाट यस किसिको सेवा प्रवाह गर्दै आएको नगरपालिकाले जनाएको छ । यस किसिमको सेवाबाट प्रायः गर्भवती महिलाहरु लाभान्वित भएका छन् । गर्भमा रहेको शिशुको अवस्थाको विषयमा थाहा पाएपछि उपचार तथा परामर्शमा सहज भएको गर्भवती महिलाहरुको प्रतिक्रिया रहेको छ । पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा सिआर प्रणालीको एक्सरे मेशिन समेत संचालनमा ल्याइएको छ । यसबाट नागरिकहरुलाई थप सेवा प्रदान भैरहेको छ । पालिका क्षेत्रमा रहेका ५४ वटा आमा समूहहरुमा अभिभावक शिक्षा समेत संचालन हुँदै आएको छ।

अक्सिजन प्लान्ट
थाहा नगरपालिकाले घरमा सुत्केरी शुन्य अभियान संचालन गर्दै आएको छ । पालिकाको १२ मध्ये ११ वटा वडा घरमा शुन्य सुत्केरी वडा घोषणा भैसकेको छन् । ७ नम्बर वडा भने बाँकी रहेको नगरपालिकाले जनाएको छ । प्रसुती सेवा अन्तर्गत पालिका अन्तर्गतका सबै १२ वटै स्वास्थ्य संस्थामा २४सै घण्टा प्रसुति सेवा प्रदान गर्दै आएको छ । स्वास्थ्य संस्थामा प्रसुतिका लागि आउने गर्भवती र उनका कुरुवालाई प्रसुति प्रतिक्षालय तथा निःशुल्क खाने बस्ने सेवा व्यवस्थापन गरिएको छ । यस कार्यक्रमबाट संस्थागत सुत्केरी हुने संख्यालाई बढवा दिएको छ । संस्थागत सुत्केरीका कारण आमा र बच्चाको मृत्युदरमा समेत कमी आएको छ ।

खुला व्यायमशाला ।
नगरकै लगानीमा स्वास्थ्य संस्थाहरुमा खोप क्लिनिक तथा बर्थिङ सेन्टरको निर्माण भई सञ्चालनमा रहेको छ । बर्थिङ सेन्टरका कर्मचारीहरुलाई प्रोत्साहनको व्यवस्था गरिएको छ । संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्नका लागि गर्भवतीलाई अण्डा तथा तोरीको तेल वितरण गर्ने कार्यक्रम संचालनमा ल्याइएको छ । त्यसैगरी सबै स्वास्थ्य संस्थाहरुमा बाल उत्प्रेरणा कक्ष समेत तयार गरिएको छ । यसले गर्दा बालबालिकाहरु स्वास्थ्य संस्थाप्रति आकर्षित हुने गरेको पाइएको स्वास्थ्य संस्था प्रमुखहरुको भनाइ छ ।

बर्थिङ सेन्टर ।
थाहा नगरपालिकाका स्वास्थ्य संस्थाहरुमा न्युनतम सेवा मापदण्ड अनुसार मेडिकल उपकरण तथा सुशासन तथा क्लिनिकल व्यवस्थापन समेत हुँदै आएको छ । यहि सूचकमा थाहा नगरपालिकाका स्वास्थ्य संस्थाहरु यस वर्ष स्वास्थ्य कार्यालय मकवानपुरबाट पुरस्कृत भएका छन् । पालिका अन्तर्गतका स्वासथ्य संस्था लगातार दुई वर्ष नै जिल्लमै उत्कृष्ट भएका छन् ।

अण्डा तथा तोरीको तेल वितरण कार्यक्रम
स्वास्थ्य संस्थाहरुमा सञ्चालन हुने विभिन्न तालिम, गोष्ठी तथा बैठकलाई सूचना प्रविधिको प्रयोग गरी प्यानल बोर्डसहितको हल व्यवस्थापन गरिएको हो । यस किसिमको हल पालुङ प्राथमिक स्वास्थ्य केन्द्र बज्रवाराही स्वास्थ्य केन्द्रमा व्यवस्थापन गरिएको हो । मकवानपुर जिल्लामै पहिलोपटक स्वास्थ्य संथाका कर्मचारीहरुलाई खाजाको व्यवस्थापन थाहा नगरपालिकाले गर्दै आएको छ । नागरिकलाई सहजताको लागि सबै स्वास्थ्य संस्थामा वडापत्रको व्यवस्था गरिएको छ ।

पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रम
बज्रवारहाीमा एकुपञ्चर सेवा प्रदान गरिदै आएको छ । गत आर्थिक वर्षमा मात्र यस सेवा केन्द्रबाट ७ हजार ६ सय बढिले सेवा लिएको कार्यालयले जनाएको छ । पालुङ प्राथमिक स्वास्थ्य केन्द्र र बज्रवाराही स्वास्थ्य चौकीमा २४सै घण्टा क्षयरोगमैत्री उपचार केन्द्र स्थापना गरी संचालनमा ल्याइएको छ । ४ वटा स्वास्थ्य संस्थामा एसी जडान गरी रेडियन्ट हिट वारमरको समेत व्यवस्था गरिएको छ ।

बाल उत्प्रेरणा केन्द्र ।
गुणस्तरीय खोप व्यवस्थापनका लागि १२ वटै स्वास्थ्य संस्थामा आइएलआरको व्यवस्था गरिएको छ । पालिकासंग कुल १५ वटा आइएलआर रहेको स्वासथ्य शाखाका सन्तोष केसीले जानकारी दिए । पालिकाको १२ मध्ये २ वटा संस्था बाहेक सबै स्वास्थ्य संस्थाको मापदण्ड अनुसारको भवनबाट सेवा प्रवाह भैरहेको छ । सबै स्वास्थ्य संस्थाहरुमा कम्प्युटरको व्यवस्था गरिएको छ । इन्टरनेटको सहज पुँच विस्तार गरिएको छ ।

प्यानल बोर्डसहितको हल ।















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्