संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हैजालगायत पानीजन्य रोगको नियन्त्रणका लागि देशभरका स्थानीय तहलाई ९ बुँदे निर्देशन दिएको छ ।  खानेपानी मन्त्रालयको पत्राचारको आधारमा हैजालगायत पानीजन्य रोगहरुको रोकथामका लागि कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा संघीय मामिला मन्त्रालयले देशभरका सबै नगरपालिका र गाउँपालिकालाई निर्देशन दिएको हो ।

खानेपानी मन्त्रालयले हैजालगायत पानीजन्य रोग नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गर्नेसम्बन्धमा संघीय मामिला मन्त्रालयलाई ९ बुँदे निर्देशन दिएको हो । ‘देशका विभिन्न भागहरुमा अत्यधिक वर्षा भइरहेकोले खानेपानी तथा सरसफाइका पूर्वाधारहरुमा क्षति पुगिरहेको छ भने पानीजन्य किटहरुका कारणले खानेपानीको मुहान, खानेपानीको पाइप, धारा लगायत खानेपानीका विभिन्न श्रोता प्रषित भईरहेका छन्। यसरी प्रदुषित खानेपानीको प्रयोगबाट सा विभिन्न पानीजन्य रोगहरुको प्रकोप बढिरहेको सन्दर्भमा सबै स्थानीय तहहरूले उक्त रोक लागि देहाय बमोजिमका कार्यक्रमहरु संचालन गर्न आवश्यक भएकोले सबै स्थानीय तहहरुलाई पत्राचार गरि सहयोग गरिदिनुहुन निर्देशनुसार अनुरोध गरिन्छ,’ खानेपानी मन्त्रालयको पत्रमा उल्लेख छ ।

सोही पत्रसहित संघीय मामिला मन्त्रालयले देशभरका सबै नगरपालिका र गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा पत्राचार गरेको हो ।

पत्र:

 

पालिका प्रेस
थप जानकारी