मकवानपुर थाहा नगरपालिकाको शिखरकोटको कृष्णजात्राको रौनकको रुपमा रहेको घैटो फुटाउने प्रतियोगिता ११ भाद्र दिउँसो ३ बजे हुँदै छ । कृष्णाष्टमीको दिन शिखरकोट स्थित कृष्ण मन्दिरमा पुजा आराधानासहित विविध कार्यक्रम भएको भोलिपल्ट वृहत साँस्कृतिक कार्यक्रमसहित घैटो फुटाउने प्रतियोगिता सञ्चालन गर्ने परम्परा रहेको छ ।
दिउँसो ३ बजे शिखरकोट बजारमा हुने प्रतियोगिताको व्यवस्थापन थाहा नगरपालिकासहित विभिन्न ८ वटा संस्थाहरुले गरिरहेका छन् । कार्यक्रम व्यवस्थापन गर्नका लागि दर्जनौ स्वयंसेवकहरु परिचालन गरिएको छ । तर सबैको ध्यान यसपालिको उपाधि कस्ले हात पार्ला भन्ने नै रहेको छ । प्रतियोगिताको विजेता उपविजेताहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ । मकवानपुरसहित धादिङ जिल्लाकाहरुले समेत सहभागीता जनाउने उक्त प्रतियोगिताको लागि विहान १० बजेपछि टिम दर्ता खुल्ला हुने आयोजक शिखर क्लबका अध्यक्ष विश्व अर्यालले जानकारी दिए ।
यो वर्षको प्रतियोगिता २४औं हो तर आयोजकले यसलाई ऐतिहासिक भनेर अघि बढाएको छ । शिखरकोटमा मेला शुरु भएको २७ वर्ष भएको भएपनि कोभिड–१९ का कारण केहीवर्ष प्रतियोगिता सञ्चालन हुन सकेको थिएन ।
यसैबीच अघिल्लो वर्षको विजेता बागेश्वरी युवा क्लब थाहा नगरपालिका वडा नम्बर ३ डाँडागाउँले पुन उपाधिको लागि दाबी पेश गर्छ गर्दैन त्यो भने १० बजेपछिको टिम दर्तापछि मात्र थाहा हुने भयो । तर आम दर्शकहरुलाई पनि लागेको छ–‘बागेश्वरीको ‘कमब्याक’ हुन्छ या हुन्न ।’ प्रतियोगिताको लागि दिउँसोबाट दर्ता खुल्ला हुने आयोजक शिखरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले जानकारी दिए ।
गतवर्षको प्रतियोगितामा आग्रा समूह द्वितीय र थाहानगरपालिका वडा नम्बर–५ समूह तृतीय भएका थिए ।

















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्