हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबाट प्रतिदिन ३ करोड ५७ लाख लिटर पानी उत्पादन गरी दैनिक सरदर ७ देखि ८ घण्टा वितरण गर्दै आएको जनाएको छ । बोर्ड अन्तर्गतका २७ हजार ७ सय २१ धाराहरु मार्फत खानेपानी वितरण गर्दे आइरहेको छ । हेटौंडाको मुख्य नगर क्षेत्र भित्र २४ सैं घण्टा पानी वितरण गर्दै आएको बोर्डले जनाएको छ ।

बोर्डले आर्थिक वर्ष २०८०÷०८१ मा आवश्यक पर्ने विभिन्न साइजको गरी करिब १ लाख ७२ हजार ८ सय मिटर एचडिपिई पाइप १ करोड ९४ लाखमा खरिद गरेको छ । नगर क्षेत्रभित्र ४२ हजार ५ सय मिटर पाइप लाइन विस्तार कार्य वोलपत्रको माध्यमबाट सम्पन्न गरेको बोर्डले जानकारी दिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मैदाटोल र मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ सामरीमा समवेल निर्माण गरी प्रतिदिन ७५ लाख लिटर पानी उत्पादन गरी वितरण गर्दै आएको समेत जानकारी दिएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा उपभोक्ता समिति अन्तर्गत रहेको २ हजार ३ सय २५ वटा धारासहित संचालित खानेपानीको पूर्वाधारहरु बोर्डमा हस्तान्तरण भएको, कार्यलय परिसर भित्र महशुल ईकाइ माथिको भवनमा जस्ता फेर्ने कार्य र इलेक्ट्रिक तथा इलेक्टोनिक्स कार्यहरु गर्नको लागि सेड निर्माण गर्ने कार्य सम्पन्न भएको जनाएको छ । बोर्ड मातहतका कार्यालयहरु मर्मत संभार तथा सुरक्षा, नयाँ समवेल संचालन, डिप बोरिङहरुमा कम्प्रेशर लगाई वेल डेभलप, पानी टंकी रहेको स्थानमा पर्खाल मर्मत, थप पाइप लाइन विस्ता टंकी जिर्ण अवस्थामा रहेकोमा सो को मर्मत तथा रेक्ट्रो फिटिङलगायतको कार्य गरिएको बोर्डले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी