गोकर्णेश्वर नगरपालिकाले २३ गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै नगरपालिकाभित्रका सामुदयायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेशागत संस्थाका पदाधिकारीहरूको चाहना तथा माग अनुसार शिक्षा समितिको बैठकले सबै विद्यालय, शिक्षालय भौतिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।

नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यले सामाजिक एवं भौतिक दूरीको पालनासाथ स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पालना गरी पूर्ण सतर्कता र सजगतालाई अवलम्बन गर्दै २३ गते आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय भएकोले सोही अनुसार विद्यालय सञ्चालन गर्ने गराउने सम्बन्धमा उपयुक्त एवं भरपर्दो वातावरण मिलाउन अनुरोध गरेका छन् ।

वातावरण भए/नभएको विषयमा नगरपालिकाबाट अनुगमन गरिने र सो अनुसार नपाइए नियमानुसार कारबाही गर्ने सूचनामा उल्लेख गरिएको छ ।

पालिका प्रेस
थप जानकारी