नेकपा (माओवादी केन्द्र)की केन्द्रिय सदस्य तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले आफुले जनहित विपरित कहिल्यै कुनै काम नगर्ने बताएकी छिन् । उनले जनभावना अनुसार संस्थागत रुपमा योजना बनाई विकासका योजनामा सँधै सहयोग हुने बताइन् । थाहा नगरपालिकाको वडा नम्बर ५ मा १९ कात्तिकमा भएको माओवादीको वडा भेलामा मोक्तानले लामो संघर्षका कारण व्यवस्था परिवर्तन भएको र अब अवस्था परिवर्तनको लागि टोलटोलबाट लाग्न आग्रह गरिन् । , मकवानपुर ईञ्चार्ज समेत रहेकी मोक्तानले यस क्षेत्रको विकासको लागि आफु तत्पर रहेको प्रतिवद्धता जनाइन् ।
विकासको लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने र त्यसको लागि स्थानीय पार्टी नेतृत्वले पहल गर्नुपर्ने बताउदै समग्र थाहाको समृद्धिको लागि आफुले सक्दो पहल र गर्ने उल्लेख गरिन् । माओवादी वडा नम्बर ५ का अध्यक्ष जगन्नाथ वाइवाको सभाध्यक्षतामा सम्पन्न भेलामा माओवादी केन्द्रका उपत्यका बिशेष कमिटीका उपाध्यक्ष तथा ३ महिने अभियान थाहाका कमान्डर प्रकाश चन्द्र पाण्डे ‘प्रलोक’को बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश सदस्य इन्द्र बहादुर श्रेष्ठ, थाहानगर अध्यक्ष बिनोद कुमार लामा, अभियानका ५ नम्बर वडा कमान्डर अरुण रायमाझी, सहकामान्डर दिपक सिंह लामा, वाइसीएल थाहाका अध्यक्ष मानसिंह दोङ लगायतका माओवादी नेता तथा कार्यकर्ता हरुको उपस्थिति रहेको थियो।
वडा भेलाले निमेष महर्जनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी समेत चयन गरेको छ । जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत भएको भेलाले उपाध्यक्षमा अजय गुरुङ, बिरमान थिङ र रहर बहादुर घलान, सचिव श्रीकृष्ण लामा, सहसचिव विक्रम थिङ र कोषाध्यक्षमा रघुनाथ वाइबालगायतका अन्य सदस्यहरु रहेका छन् ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्