फाइल फोटो/सौजन्य: निर्मल बलामी

मकवानपुर थाहा नगरपालिकाको चित्लाङमा कात्तिके नाच सुरु भएको छ । पाँच सय वर्षअघिबाट सञ्चालनमा आएको नाच दशैको कोजाग्रत पूर्णिमादेखि सुरु भएर ३ रातसम्म संचालन हुने गर्दछ । पूर्णिमाको अघिल्ला दिन स्वच्छन्द भैरवको रथ भैरबथानमा लगेपछि नाचको चहलपहल सुरु हुने गर्दछ । उक्त रथ पूर्णिमाको दिन जात्रा गर्दै गाउँमा ल्याएपछि चैत्य डवलीमा नाच सुरु हुने निर्मल बलामीले बताए ।

गाउँका मुख्य गुरु रामकृष्ण बलामीको घरमा पूजा गरी ५ वटा देवताको नाच निकालिन्छ । १२ वर्षमा एकपटक ९ वटा देवताको नाच देखाउने गरिन्छ भने वर्षैपिच्छे देखाइने नाचमा भने ५ वटा देवताको नाच देखाइन्छ । खटमा गणेश, भैरब, बराही, कुमारी र महालक्ष्मीको नाच देखाइएको बलामीले बताए ।

नाच हेर्न स्थानीयवासी रातभर जाग्राम बस्ने गर्दछन् । काठमाडौं, ललितपुर, मार्खु, फाखेल लगायत क्षेत्रबाट जात्रा हेर्न ठूलो संख्यामा आउने गरेको भए पनि यस पटक भने मानिसहरुको कमै उपस्थिति रहेको छ ।

पालिका प्रेस
थप जानकारी