सरकारले सहसचिव अर्जुन जङ्ग थापालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । २४ असोजमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव थापालाई विशिष्ट श्रेणी(सचिव)मा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्यूरोलाई जानकारी दिए ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिकतर्फ रिक्त सचिव पदमा बढुवाका लागि सहसचिवत्रय विश्वबाबु पुडासैनी, अर्जुनजंग बहादुर थापा र सरिता दवाडीको नाम सिफारिस गरेको थियो ।

















































पालिका प्रेस 













प्रतिक्रिया दिनुहोस्