मकवानपुरको बागमती गाउँपालिकामा अत्यावश्यक बाहेकको सेवा ठप्प रहने भएको छ। स्थानीय तह कर्मचारी संघर्ष समिति बागमती गाउँपालिकले प्रेस विज्ञप्ती जारी गर्दै संघीय निजामती सेवा विधेयक, २०८० को विरोधमा अत्यावश्यक सेवा वाहेकका अन्य सेवाहरु अनिश्चितकालका लागि बन्द गरिने जनाईएको छ।
बागमती गाउँपालिकामा कार्यरत कर्मचारीहरुले २२ असोजमा १० सदस्यीय स्थानिय तह कर्मचारी संघर्ष समिति गठन गरिएको छ । दिनेश कुमार गुप्ताको संयोजकत्व रहेको संघर्ष समितिले पालिका उपाध्यक्ष फणिन्द्र कुमार तिमल्सिना समक्ष प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण–पत्र बुझाउँदै अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि बन्द गरिने जनाईएको छ ।
नेपाल सरकार मन्त्रीपरिषदको मिति भाद्र २१ को बैठकबाट संघीय निजामती सेवा विधेयक, २०८० पारित गरि संसदमा दर्ता गर्ने निर्णय भएको र स्थानिय तहको कर्मचारिको अधिकारलाई कुण्ठित पार्ने गरि विभेदकारी व्यवस्था ल्याउन लागिएको हुँदा सरकार विरुद्ध विरोध प्रदर्शन गर्नु परेको सघर्ष समितिका महासचिव धिरज स्याङतानले बताए । १८ असोजबाट आन्दोलनमा रहेका देशभरका स्थानीय तहका कर्मचारीहरुले पेनडाउन सहित विरोधमा उत्रिएका हुन । १९ असोजबाट स्थानीय तहहरुमा अत्यावश्यक बाहेकको कामकाज बन्द गरी काठमाण्डाौं आन्दोलनमा रहेका छन ।
स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले आह्वान गरिएको काठमाण्डौं केन्द्रित आन्दोलनमा यस पालिकाले पनि एक्यबद्धता जनाउदै २ जना कर्मचारी काठमाण्डौं पठाउने संयोजक गुप्ताले जानकारी दिए ।



















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्