थाहानगरको बज्रबाराही, टिष्टुङ र चित्लाङ क्षेत्रका शिक्षकहरुका निम्ति सुनौलो विकास केन्द्र थाहा १ मा संचालित १ हप्ते दोस्रो चरणको आधारभूत योग शिक्षक तालीम सम्म्पन्न भएको छ । थाहा नगरपालिकाको आयोजना तथा सुनौलो सामुदायि सिकाइ केन्द्र थाहा– १ कुन्छालको समन्वय र ब्यवस्थापनमा तालिम सञ्चालन गरिएको हो ।

थाहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हेरमान गोपालीको अध्यक्षता तथा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा २२ असोजमा एक कार्यक्रमका बीच तालिम समापन गरिएको हो ।

कार्यक्रममा विशेष अतिथि थाहाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी रहेका थिए भने शिक्षा शाखा प्रमुख माधव बिक्रम मल्ल, सुनौला सामुदायिक सिकाइ केन्द्रका संस्थापक अध्यक्ष सानुकाजी गोपाली, योग शिक्षक राजन बिडारी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विद्यालयमा योग कार्यक्रमलाई निरन्तर विकास गर्दै एक घर एक योगी बनाउने अभियानका लागि प्रतिबद्धता व्यक्त गरिएको थियो ।