स्थानीय तहहरुले आफूखुसी कानुन बनाएर कर्मचारीहरुको बढुवा गरिएको भन्दै प्रदेश लोकसेवा आयोगले ती बढुवा बदर गरेको छ ।

कर्णाली लोकसेवा आयोगले यसरी स्थानीय तहले गरेको कर्मचारीहरुको बढुाव बदर गरेको हो । प्रदेश लोकसेवा आयोगका सचिव भुपेन्द्र थापाद्धारा हस्ताक्षरित परिपत्रमा भनिएको छ, स्थानीय तहहरुले लोकसेवा आयोगसँग परामर्श नलिई बढुवा गरी नियुक्ति समेत गरिएको हुँदा प्रदेश लोक सेवा आयोगको ऐन ०७५ को दफा ७१ को उपदफा (१) बमोजिम सो बढुवा प्रक्रिया बदर हुने व्यहोरा आयोगको मिति ०७८ माघ २ को निर्णय अनुसार अनुरोध छ ।

May be an image of text

पालिका प्रेस
थप जानकारी