आर्थिक वर्ष २०७८/०७९ काे लागि थाहा नगरपालिकाकाे वार्षिक बजेट बढेकाे छ ।
नगरपालिकाकाे दशाैँ नगरसभामा आर्थिक वर्ष २०७८/०७९ काे संशाेधित बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख खड्गबहादुर गाेपालीले रु. १ अर्ब १० कराेड ८७ लाख ३० हजारकाे बजेट पेश गरेका हुन् ।
यसअघि गत असारमा सम्पन्न नगर सभाले आर्थिक वर्ष २०७८/०७९ काे लागि रु. ९५ कराेड ६४ लाख ३२ हजार बराबरकाे बजेट पारित गरेकाे थियाे ।
नगरपालिकाकाे आन्तरिक आयमा वृद्धि हुने देखिएपछि बजेट वृद्धि भएकाे हाे । यसअघि आन्तरिक आयतर्फ रु. ११ कराेड ८८ लाख ४९ हजार अनुमान गरिएकाेमा संशाेधित बजेटमा रु. २७ कराेड ११ लाख ४७ हजार आय अनुमान गरिएकाे छ ।

















































पालिका प्रेस 














प्रतिक्रिया दिनुहोस्