मकवानपुर थाहा नगरपालिका वडा नम्बर ९ का सोनम बलामीले अन्तरराष्ट्रिय कराँते प्रतियोगितामा स्वर्णपदक पाएका छन् । अनुराधा श्रीलंकमा ४ मार्चबाट भएको खुल्ला आइ.एस.के.डी.जे. कप कराते च्याम्पियनसिप, २०२३ मा उनले स्वर्णपदकको उपाधि हासिल गरेका हुन् । बलामीले ८४ केजी तौल समूहको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका हुन् ।
८४ केजी तौल समुहमा थाहानगरका बलामीले भारत, बङ्लादेश र श्रीलंकाका खेलाडिलाई पराजित गर्दै स्वर्ण प्राप्त गरेका हुन । नेपालको तर्फबाट ६० केजी तौल समुहमा स्वर्ण र ६७ केजीमा रजत प्राप्त गर्न सफल हुँदै प्रतियोगितामा तेस्रो भएको छ ।
प्रतियोगितामा ६० केजी समूहमा बुद्धिमान माझीले स्वर्ण र ६७ केजिमा एटन कुमार मल्लले रजत प्राप्त गरेका थिए ।

















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्