दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मा खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ४ को वार्षिक कार्यक्रमअन्तर्गत गाउँका युवालाई समेटेर फुटबल, भलिबल र क्रिकेट प्रतियोगिता सुरु भएको हो । वडाध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्रीले अध्यक्षता गरेको कार्यक्रममा पालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी सहभागी थिए ।
वडा सचिव भगवती सुवेदीले सहजीकरण गरेको कार्यक्रममा प्रशासन शाखा प्रमुख विकास ज्ञवाली, शिक्षा शाखा अधिकृत वासुदेव खनाल, सूचना प्रविधि अधिकृत बालचन्द्र गुरुङ, प्राविधिक मानबहादुर जिसीलगायतले खेलाडीलाई अनुशासनमा रहेर उत्कृष्ट खेल प्रदर्शन गर्न शुभकामना दिए ।
८ वटा टिमबीच फुटबल र भलिबल स्पर्धा हुनेछ भने ५ टिमबीच क्रिकेट प्रतियोगिता हुनेछ । विजयी टिमलाई नगद, सिल्ड र प्रमाणपत्र दिइनेछ । खेल प्रतियोगिता ४ दिनसम्म चल्नेछ ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्