मकवानपुरको थाहा नगरपालिका–२ मंगलेश्वर सामुदायिक वनमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २२ भाद्र साँझ करिब सवा ५ बजे थाहा नगरपालिका–२ र ११ जोड्ने गोरेटो बाटोबाट लडेर करिब २० मिटर तल खस्दा थाहा नगरपालिका–११ बस्ने अन्दाजी ४५ वर्षीय राजु तामाङ मृत अवस्थामा फेला परेका हुन्।

घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पालुङ, मकवानपुरबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमान्डमा एसओसिओसहितको टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक निरीक्षणका क्रममा तामाङको भिरबाट लडेर मृत्यु भएको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पालिका प्रेस
थप जानकारी