थाहा नगरपालिकाको आग्रा स्वास्थ्य चौकीमा आयोडिनको उपायोगिताको विषयमा छलफल कार्यक्रम भएको छ ।

आयोडिन महिनाको अवसरमा स्वास्थ्य चौकीमा कार्यक्रम भएको हो । प्रत्येक वर्षको अंग्रेजी फेब्रुअरी महिनालाई आयोडिन महिनाको रुपमा मुलुकभर मनाइँदै आएको छ । कार्यक्रम स्वास्थ्य चौकीमा स्वास्थ्य उपचार तथा परामर्शमा आएका महिलाहरुको उपस्थितीमा गरिएको हो । सहभागीहरुलाई आग्रा स्वास्थ्य चौकीका प्रमुख लब बहादुर थापा तथा स्वास्थ्यकर्मीहरुले सहजीकरण गरेका थिए ।

कार्यक्रमका सहभागीहरुलाई आयोडिनयुक्त नुनको प्रयोग, यसका फाइदा लगायतको विषयमा जानकारी गराइएको स्वासथ्य चौकी प्रमुख थापाले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी