नेकपा माओवादी केन्द्र थाहा नगरकमिटीले नगरको १२ वटै वडामा आमनिर्वाचन लक्षित बैठक तथा भेला गरेकोे छ। माओवादी केन्द्रको १२ वटै वडाका कमिटीको ४ कात्तिकमा बैठक सम्पन्न भएको नगर अध्यक्ष बिनोद कुमार लामाले जानकारी दिए ।

बैठकमा आसन्न निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवारहरुलाई विजयी बनाउन निर्वाचन लक्षित विभिन्न एजेन्डामा छलफल गरी गठबन्धन उमेदवारलाई विजयी बनाउन परिचालित हुने निर्णय गरियको छ । बैठकमा प्रत्येक वडामा माओवादी केन्द्रका नेताहरुले सम्बोधन गरेका थिए । वडा नम्बर ७ र ८ मा प्रदेश कमिटी सदस्य तथा निवर्तमान नगर प्रमुख लवशेर विष्ट, ११ र १२ मा विष्णु विष्ट, वडा नं ९ मा नगर अध्यक्ष बिनोद लामा, वडा नं १ मा जिल्ला समन्वय समिति सदस्य सुवर्ण गोपाली, वडा नम्बर २ मा वाइसीएल नगर सचिब युवराज बिष्ट, ३ र ४ मा पार्टीका जिल्ला समन्वय समिति सदस्य अरुण रायमाझी, ५ मा प्रदेश कमिटी सदस्य ज्योती रायमाझी, वडा न ६ मा प्रदेश कमिटी सदस्य इन्द्र बहादुर श्रेष्ठ र १० मा जिल्ला समन्वय समिति सदस्य कृष्ण कार्कीले सम्बोधन गरेका थिए ।

थाहानगरसहित मकवानपुरमा गठबन्धनका उमेद्वारलाई जिताउन साझा धारणा बनाएर प्रचार अभियानलाई तिब्रता दिएको छ ।

पालिका प्रेस
थप जानकारी