आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका मकवानपुरका ६९ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी कायमै राखेका छन् । निर्वाचन कार्यतालिका अनुसार २६ असोजमा मनोनयन फिर्ता लिने समय भएपनि कसैले पनि उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालय मकवानपुरमा मनोनयन दर्ता गराएका उम्मेदवारहरुकोे नामावली २५ असोजमा प्रकाशन गरिएको थियो । मकवानपुरमा आगामी निर्वाचनका लागि प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गराएका १६ जना र क्षेत्र नम्बर २ मा १० जनाको नामावली प्रकाशन गरिएको छ । यस्तै, प्रदेशसभातर्फ मनोनयन दर्ता गरेका मकवानपुर क्षेत्र नम्बर १ को (क) मा १० जना र (ख) मा १५ जनाको नामावली प्रकाशन गरिएको छ । मकवानपुर क्षेत्र नम्बर २ को (क) मा ८ जना र (ख) मा १० जनाको नामावली प्रकाशन गरिएको थियो ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न दिएको छ । योसँगै मकवानपुरमा प्रत्यक्षतर्फको निर्वाचनको लागि ६९ जना उम्मेदवारहरु नै निर्वाचनमा सहभागी हुने भएका हुन् ।

पालिका प्रेस
थप जानकारी