धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ चुलीमा खानेपानी आयोजना सुरु भएको छ । सदियौँदेखी खानेपानीको चरम समस्या झेल्दै आएका चुलीका नागरिकहरु अहिले खानेपानी आयोजना सुरु भएपछि खुशी भएका छन् । खानोपनीको समस्या भएपछि त्यस क्षेत्रका नागरिकहरु बसाई सराई गर्ने र बस्तुभाउ पनि कम पाल्न थालेका थिए । तर अहिले घरघरमा धारो आउनेभएपछि त्यस क्षेत्रका नागरिकहरु भने खुशी भएका छन्।
चुली नयाँगाउँ डाँडागाउँ खानेपानीको शिलान्यास भएपछि वडा नम्बर ८ को कोटथोक,टारगाउँ,रातडाँडा,नेपालथोक,नयाँगाउँ,डाँडागाउँ र लुमेथुम्कोका १ सय २० घरधुरीका नागरिकहरु लाभान्वित हुनेछन्। अहिले चुलीको कोटथोक,रातडाँडा,टारगाउ,नेपाल थोक र लुमेथुम्काको क्षेत्रमा खानेपानीको काम गरिने भएको छ । क्रमागत रुपमा डाँडागाउँ र नयाँगाउँमा पनि एक घर एक धारो अभियान अन्तरगतनै काम हुने भएको छ ।
गाउँपालिकाको २२ लाख लागतमा मुहानमा २० हजार लिटर र लिफ्टिङ गरेर मुहानमाथि ३० हजार लिटरको ट्याङकीको गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठ र उपाध्यक्ष राधा तिमल्सिनाले शिलान्यास गरिन् । खानेपानी आयोजनाको अध्यक्ष भरत थापा र।हेका छन् ।

























































प्रतिक्रिया दिनुहोस्