थाहा नगरपालिका वडा नम्बर २ मा रहेको ऐतिहासिक तथा प्रशिद्ध पाथीभरा मन्दिरको सरसफाई गरिएको छ । लक्ष्मीश्वर मन्दिरको नामले समेत परिचित उक्त मन्दिर परिसर सरसफाई र रंगरोगन समेत गरिएको छ ।
सोल्टू युवा क्लबको आयोजनामा उक्त कार्यक्रम भएको रुपक कार्कीले जानकारी दिए । थाहानगरकै पुरानो मध्यको एक उक्त मन्दिर संरक्षण तथा व्यवस्थापनमा स्थानीयहरुले चासो नदिएपछि युवाहरुले प्रयासमा सानो भएपनि काम गरेको उनले प्रतिक्रिया दिए ।

मन्दिरको सरसफाइ तथा रंगरोगन कार्यक्रममा आफ्नो अमूल्य समय, श्रम र सहयोग प्रदान गर्नुहुने सोल्टु युवा क्लब परिवारका सम्पूर्ण युवा साथीहरूप्रति कार्कीले आभार व्यत्तः गर्दै धन्यवाद दिएका छन् ।
















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्