मकवानपुरको प्रशिद्ध तीर्थस्थल त्रिवेणी शंङ्खमूलमा निर्माण भएको एकसय आठ शंखधारा उद्घाटनको तयारी पूरा भएको छ । ‘शंखधारा उद्घाटनका साथै सो अवसरमा गरिने विविध धार्मिक कार्यक्रमको तयारी पूरा भएको हो । मोक्षधाम शंखमूल नेपाल संस्थाले आयोजना गर्न लागेको ति कार्यक्रमको तयारी पूरा भइसकेको संस्थाका सचिव अनिल लामिछानेले जानकारी दिए ।
थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको उक्त धाराको ११ साउनमा विशेष कार्यक्रमसहित उद्घाटन गर्न लागिएको हो । धाराको श्री १००८ स्वामी चर्तुभुजाचार्य चुडामणीजी महाराजले उद्घाटन गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ । त्रिवेणी शंखमूलमा १०८ शंखधारा सहितको धार्मिक संरचना बनाउनका लागि मोक्षधाम शंखमूल नेपाल संस्थाले सहजीकरण तथा व्यवस्थापन गरिरहेको छ । शंखधारा उद्घाटनको अवसरमा शिखरकोटबाट शंखमूलसम्म ‘आरोग्य पैदलयात्रा’ हुने लामिछानेले बताए । । सो अवसरमा शंखमूलमा भजनकीतृन, गंगा आरतीसहित प्रसाद वितरणसम्मको कार्यक्रमको तयारी पूरा भएको उनको भनाइ छ ।
शंखमूलमा निर्माण भएको धारा स्थानीयले स्वतःस्फूर्त रुपमा दान गरेका हुन् । धारा निर्माणका लागि मोक्षधाम शंखमूल नेपाल संस्थाले प्रति धाराको दर तोकेर रकम संकलन गरेको थियो । अध्यक्ष कार्कीले भने–‘प्रत्येक धारामा स्थानीयको लगानी छ, संस्थाले त सहजकिरण मात्र गरेका हौ ।’ शंखधाराका लागि धेरैले सहयोग गर्ने इच्छा राखेकाको भएपनि धारा १०८ मात्र शंखधारा बनाउने योजना भएकाले सबैको सहयोग लिन नसकिएको अध्यक्ष कार्कीले बताए ।
शंखधाराको उद्घाटनका अवसरमा धाराका लागि सहयोग गर्ने सबै दातालाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ हिमवतखण्ड ९नेपाल महात्म्य० मा वर्णित पालुङको शंखमूल अत्यन्तै महत्वपूर्ण धार्मिक शक्तिपीठका रूपमा उल्लेख गरिएको छ । थाहा नगरपालिका–३ स्थित त्रिवेणी शंखमूललाई स्थानीय धार्मिक परम्परा, गुरु–पुरोहित तथा उपलब्ध ग्रन्थीय सन्दर्भले अत्यन्तै पवित्र तीर्थस्थलका रूपमा व्याख्या गरेका गरिएको छ । विशेष गरी यसलाई पशुपति क्षेत्रको शंखमूल तथा भारतको काशीसँग समान आध्यात्मिक महत्व भएको स्थल मानिन्छ ।
धार्मिक शास्त्रअनुसार विश्वको तीन शङ्खमूल मध्ये ऋषेश्वरबाट उत्तर बगेको नारायणी नदी र पश्चिम त्रिवेणीघाटबाट पूर्व बगेको संगमस्थल नै विश्वको एक शङ्खमूल गंगा भएको जनविश्वास छ । धार्मिक दस्तावेजहरुको आधारमा थाहा नगरपालिका ९साविकको पालुङ गाउँ०को ३ नम्बर वडाको घट्टेचौरमा अवस्थित त्रिवेणी शङ्खमूल विश्वकै पवित्र स्थल रहेको दाबी गरिएको छ । यसको पौराणिक महत्वलाई संरक्षण र प्रवद्र्धन गर्दै शङ्खमूललाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य थाहा नगरपालिकाको छ
















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्