मकवानपुर थाहा नगरपालिका वार्ड नं ६ बज्रबाराही स्थित इअन स्कुलका बालबालिका, शिक्षक र अभिभावकको आँखा परीक्षण शिबिर सम्पन्न भएको छ । बालबालिकाको क्षेत्रमा कार्यरत अन्तर्राष्टिूय संस्था किवानिज क्लब मकवानपुरको आयोजना, किवानिज क्लब नीलगिरीको सौजन्यमा विद्यालयमा अध्ययन गर्ने बालबालिकाको आँखा परीक्षण शिबिर संचालन भएको हो ।

किवानिज क्लब मकवानपुरका वर्ष २०२५/२६ का अध्यक्ष गोबिन्दप्रसाद प्याकुरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा कवानिज क्लव ईन्रनेशनलका बोर्ड अफ ट्रस्टी मोहन लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाको रुपमा सन २०१५ देखि नेपालमा सक्रिय रहेको यो संस्थाले १८ वर्ष मुनीका बालबालिकालाई शिक्षा, स्वास्थ्य, खेलकुद, नेतृत्व विकास लगायतका क्षेत्रमा सघाउने कार्यक्रमका सहभागीले बताएका छन् । मानिसका लागि आँखा, कान, मुटु जस्ता महत्वपूर्ण अंगको अवस्थाबारे समयमै जानकारी लिन सके भविष्यमा ठूलो नोक्सानी हुनबाट जोगाउने बताइएको छ । यस्तो शिविर दुर्गम क्षेत्रका बालबालिकालक्षित गरी संचालन गर्नु जरुरी रहेको सहभागीले बताए ।

कार्यक्रममा किवानिज नेपालका भाइस गभर्नर भरतप्रसाद ढुँगेल, किवानिज नेपालका एलटी गभर्नर राजकुमार न्यौपाने, किवानिज क्लव मकवानपुरका संस्थापक अध्यक्ष तीर्थराज पराजुली, किवानिज वर्ष २०२६/२७ का अध्यक्ष भानुभक्त आचार्य, किवानिज क्लब मकवानपुरका सदस्य अधिवक्ता ललिता श्रेष्ठ, विद्यालयका अध्यक्ष श्यामकृष्ण जोशीलगायतको आतिथ्यता रहेको थियो । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका नेतबिज्ञ टोलीले शिबिरमा सहभागी विद्यार्थी अभिभावकको आँखा परीक्षण गरी आवश्यक औषधि र चस्मा निःशुल्क बितरण गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी