माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुर जिल्लाका ५०.९९ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । २८ वैशाखमा सार्वजनिक भएको नतीजाअनुसार २ हजार ८ सय १८ जना विद्यार्थी ग्रेडेड भएका छन् ।

५ हजार ५ सय २७ जना विद्यार्थी परीक्षामा सहभागी भएका मध्ये २ हजार ७ सय ९ जना विद्यार्थी नन् ग्रेडेड भएका छन् । एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो ।

यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गरेको हो ।

पालिका प्रेस
थप जानकारी