थाहा नगरपालिकामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली डाफे युवा क्लब, थाहा–१० को आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिता यही चैत्र २५ गतेदेखि २०८३ साल वैशाख १ गतेसम्म हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक क्लब तथा खेलाडीहरूलाई समयमै टिम दर्ता गर्न अनुरोध गरिएको छ। सहभागिताका लागि थाहा नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ। टिम दर्ता शुल्क ७,५०० रुपैयाँ तोकिएको छ भने प्रत्येक टिममा १२ देखि १६ जना खेलाडी अनिवार्य रहनेछन्।

प्रतियोगिता आईसीसीको नियमअनुसार सञ्चालन गरिनेछ। प्रत्येक खेल जितेमा टिमले २ अंक प्राप्त गर्ने व्यवस्था गरिएको छ भने सहभागी टिमको संख्या अनुसार प्रतियोगिताको ढाँचा निर्धारण गरिने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताका विजेताले नगद ३१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै ‘प्लेयर अफ द टुर्नामेन्ट’, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई समेत विशेष पुरस्कार प्रदान गरिनेछ।
पालिका प्रेस
थप जानकारी