मकवानपुरको दश पालिकामध्ये हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा बढी क्षयरोगी ३ सय ४० जना क्षयरोगी रहेको पाइएको छ । बकैया गाउँपालिकामा ११२ जनामा र मनहरी गाउँपालिकामा ११० जनामा रोग देखा परेको कार्यालयले जनाएको छ ।

यसैगरी, बागमतीमा ८५ जना, थाहा र मकवानपुरगढीमा ३०/३० जना, भीमफेदीमा २६ जना, राक्सिराङमा १८ जना, कैलाशमा १६ जना र इन्द्रसरोवरमा ८ जना विरामी फेला परेका छन् । जिल्लाभर भने ७ सय ७५ क्षयरोगी रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८२÷०८३ मा माइक्रोस्कोपी विधिबाट ५ हजार ९५६ जनाको र पिसीआर विधिबाट ३ हजार ९२ जनाको परीक्षण गरिएको कार्यालयले जानकारी दिएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरले गरेको जिल्लास्तरीय वार्षिक समीक्षामा यस्तो जानकारी दिइएको हो । जनस्वासथ्य कार्यालयका कान्जी चौधरीका अनुसार १४ वर्षमुनिका बच्चाहरुमा सक्रिय क्षयरोग हुन नदिन कार्यालयले टिबीपीटी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पालिका प्रेस
थप जानकारी