मकवानपुर थाहा नगरपालिकामा १५ माघबाट आठौं संस्करणको राष्ट्रपति रनिङशिल्ड तथा मेयरकप भलिबल प्रतियोगिता सुरु भएको छ । थाहा नगरपालिकाको आयोजना तथा जनकल्याण माध्यमिक विद्यालयको व्यवस्थापनमा जनकल्याण माविको खेल मैदान र इन्द्रायणी चौरमा प्रतियोगिता सुरु भएको हो। खेलकुद प्रतियोगिताको मार्चपाससहित थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर बिष्टले गरेका थिए ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथी तथा नगर प्रमुख बिष्टले खेलकुद क्षेत्रको विकासका लागि थाहा नगरपालिका हरतरहले लाग्ने बताए । विष्टले खेलकुदका लागि बजेट कम भएको महशुस भएको बताउँदै आगामि दिनमा बजेट व्यवस्थापन गरी खेलकुदमा लगानी बढाउने जानकारी गराए । खेलकुदको माध्यमबाट थाहा नगरको पहिचान गराउन खेलाडीहरूले खुलेर प्रतिस्पर्धा गर्नुपर्ने र थाहाका खेलाडीहरुले आफ्नो छुट्टै पहिचान बनाइरहेको उनको भनाइ थियो ।
उद्घाटन समारोहमा उपस्थित अतिथि तथा विद्यार्थीहरुलाई प्रतियोगिता व्यवस्थापक विद्यालय जनकल्याण माविका प्रधानाध्यापक रामकुमार बलले स्वागत गरेका थिए । उद्घाटन समारोहमा थाहानगर उपप्रमुख भरत गोपाली, थाहानगर शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख माधव बिक्रम मल्लको विशिष्ट आतिथ्यता रहेको थियो ।

नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा थाहा ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, ४ का अध्यक्ष नारायण लामा, प्याव्सन थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, जनकल्याण माबिका अध्यक्ष राजिव स्याङ्तान, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा बज्राचार्यलगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, सहभागी विद्यालयका प्रधानाध्यापक,खेलाडी, खेल शिक्षक तथा विद्यार्थीहरुको उपस्तिथि रहेको थियो।
थाहानगरपालिकाको स्विकृत वार्षिक कार्यक्रम अन्र्तगत राष्टूपति रनिङ शिल्ड प्रतियोगितामा छात्र छात्रा दौड १०० मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर, तथा ३ हजार मीटर दौड हुनेछन । त्यस्तै छात्र छात्रा रिले दौड १ सय मिटर, ४ सय मिटर, छात्र छात्रा हाईजम्प, छात्र छात्रा त्रिपल जम्प, छात्र छात्रा सटफुट ,कवड्डी तथा मार्चपास रहेका छन् भने कराते पनि प्रतियोगितामा रहेको छ ।
राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद रु २० हजार शिल्ड मेडल र प्रमाणपत्र, द्धितीय हुने विद्यालयले नगद रु १५ हजार शिल्ड मेडल र प्रमाणपत्र, तृतिय हुने विद्यालयले नगद रु १० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै मेयर कप भलिबल भने छात्र र छात्रातर्फ हुने व्यवस्थापनको जिम्मा पाएको जनकल्याण माध्यमिक विद्यालयले जनाएको छ। मेयर कप भलिबल प्रतियोगिता अन्र्तगत प्रथम हुने विद्यालयले नगद रु २० हजार शिल्ड मेडल र प्रमाणपत्र, द्धितीय हुने विद्यालयले नगद रु १५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । कवडीमा प्रथम हुनेले १० हजार नगद र दोस्रो हुनेले ६ हजार नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन।
१७ माघसम्म सञ्चालन हुने प्रतियोगितामा १७ विद्यालयको सहभागिता छ ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्