शिखर क्लबले सेभेन ‘ए’ साइड अन्डर–१६ फुटबल प्रतियोगितको उपाधि चुमेको छ । मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा ६ माघमा भएको फाइनल खेलमा काभ्रे फुटबल क्लबलाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।
फाइनल खेलमा शिखर क्लब र काभ्रे फुटबल क्लबबीच कडा प्रतिस्पर्धाकाबीच निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय ट्राइबेकरमार्फत गरिएको थियो ।
उपाधि विजेता शिखर क्लबले नगद १० हजार रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको काभ्रे फुटबल क्लबले नगद ८ हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र पाएको छ ।
टु इन वान को आयोजनामा भएको प्रतियोगितामा कुल ९ टिमको सहभागिता रहेको थियो।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्