बागमती प्रदेशस्तरीय अन्तरपालिका खुला पुरुष महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो सातादेखि सुरु हुने भएको छ । ललितपुर महांकाल गाउँपालिकाको सहयोग तथा महांकाल क्लबको आयोजनामा प्रतियोगिता फागुन ६ देखि १० गतेसम्म हुनेछ । प्रतियोगिताको सबै खेलहरु महांकाल वडा ४ को बागभैरव प्राविधिक माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ ।
प्रतियोगिताको विजेताले एक लाख ५० हजार ५५५ रुपैयाँ पाउनेछ । यस्तै, उपविजेताले ७५ हजार ५५५ तथा तेस्रो हुनेले ३५ हजार ५५५ पाउनेछन् । चौथो स्थानमा रहने टोलीलाई २० हजार ५५ प्रदान गरिने प्रतियोगिताका संयोजक लालबहादुर स्याङ्तानले जानकारी दिए । क्लबका अध्यक्ष डम्बर बहादुर स्याङ्तानले प्रतियोगितामा सहभागिता जनाउने ७ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने बताए । प्रतियोगितामा सहभागिता जनाउन फागुन ४ गतेसम्म टिम दर्ता गर्न सकिनेछ । अध्यक्ष स्याङ्तानले यसअघि ह्यान्डबल र सेपाताक्रो आयोजना गर्दै आएपनि यसपटक भलिबल हुन लागेको जानकारी गराए ।
महांकाल गाउँपालिका अध्यक्षमा गणेशबहादुर केसी र खेलकुद विकास समितिका अध्यक्ष राजवीर थोकर छन् । अध्यक्ष स्याङ्तानले सरोकारवाला पक्षको सहयोगले प्रतियोगिता आयोजना गर्न हौसिएको जानकारी गराए । प्रतियोगितामा २० देखि ५० टिमको सहभागिता रहने अपेक्षा छ । हरेक टिममा १० जना खेलाडी रहने छन् । जसमा हरेक टिमले राष्ट्रिय टिमबाट खेलेका २ खेलाडी समावेश गर्न पाउनेछन् । महांकाल भलिबल क्लबका कप्तान दार्जे तामाङले आयोजकको टिम खुला छनोटबाट गरिने बताए । खुला छनोट १६ देखि १८ माघसम्म हुनेछ ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्