नेपाल इन्जिनियरिङ परिषद्ले आचारसंहिता तथा ऐनविपरीत काम गरेको भन्दै १८ जना इन्जिनियरको लाइसेन्स खारेज गरेको छ । नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को दफा १८ को उपदफा (१) खण्ड (ग) र खण्ड (ङ) बमोजिम परिषद्को विभिन्न मितिमा निजहरुको नाम दर्ता किताबबाट हटाउने निर्णय भए अनुसार दर्ता किताबबाट हटाइएको जनाएको छ ।
रजिष्ट्रार गिरीको अनुसार दर्ता किताबबाट हटाइएका व्यक्तिहरुले इन्जिनियरिङका कुनै पनि काम गर्न पाउँदैनन् । सर्वोच्च अदालतले दर्ता किताबबाट हटाइएका व्यक्तिको हकमा फैसला गरेको अवस्थामा भने पुनः दर्ता हुन्छ । लाइसेन्स खारेज हुने इन्जिनियर सिभिल र जियोलोजी विधाका हुन् । दर्ता किताबबाट नाम खारेज भएपछि इन्जिनियरको लाइसेन्स स्वत : खारेज हो । कसैले आचारसंहिता उल्लंघन गरेमा र त्योबाहेकको काम गरेमा इन्जिनियरको लाइसेन्स खारेज हुने ऐनले व्यवस्था गरेको छ ।
परिषद्ले निर्णय गरेपछि दर्ता किताबबाट हटाए पनि परिषदको वेबसाइटमा भने भर्खरै राखेको हो । रजिष्ट्रार गिरीले भने ‘परिषदको निर्णय भएपछि दर्ता किताबबाट हटाइएको हो । तर कारबाहीमा परेकाहरुको नामावली सार्वजनिक गर्न सुझाव आएपछि भर्खरै राखिएको हो ।’
































































प्रतिक्रिया दिनुहोस्