थाहा नगरस्तरीय अन्तर वडा मेयरकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा थाहा नगरपालिका वडा नम्बर १ र ७ ले विजयी शुरुवात गरेका छन् । ४ मंसिरमा मकवानपुरको थाहानगर स्थित इन्द्रायणी खेल मैदानमा शुरु भएको प्रतियोगितामा वडा नम्बर १ ले ९ नम्बर वडालाई ४–२ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगिताको म्यान अफ दि म्याच १ नम्बर वडाका राहित श्रेष्ठ घोषित भए ।

त्यस्तै ४ मंसिरमै भएको दोस्रो खेलमा भने ७ नम्बर वडाले १२ नम्बर वडालाई ट्राइबेकरमा ७–६ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा ७ नम्बर वडाका गोल रक्षक म्याद अफ दि म्याच घोषित भए ।

थाहा नगरपालिकाको आयोजना तथा ४ नम्बर वडा खेलकुद विकास समितिको व्यवस्थापनमा भएको प्रतियोगिता इन्द्रायणी चौरमा भइरहेको छ । प्रतियोगितामा नगरपालिका अन्तर्गतका ९ वटा वडाले मात्र भाग लिएका छन् । १२ वटा वडा रहेको थाहानगरका वडा नम्बर ५, ६ र १० ले भाग नलिएका हुन् ।

थाहा नगरपालिकाको आयोजनामा हुने प्रतियोगितामा विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पालिका प्रेस
थप जानकारी