मकवानपुरको थाहा नगरपालिकाको आयोजनामा थाहा नगरस्तरीय अन्तरवडा मेयर कप रनिङ शिल्ड फुटबल प्रतियोगिता आउँदो ४ मंसिरबाट सुरु हुने भएको छ । प्रतियोगिता थाहा नगरपालिका–३, इन्द्रायणीचौरमा सञ्चालन हुने खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगितामा थाहा नगरपालिकाका सबै वडाका फुटबल टिमहरूले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा सहभागी हुने टिम २ मंसिरसम्म दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ । हरेक टिममा १८ जना खेलाडीको नाम अनिवार्य रूपमा दर्ता गर्नुपर्ने जनाइएको छ ।

प्रतियोगितामा विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । कार्यक्रमको व्यवस्थापन खेलकुद विकास समिति, थाहा नगरपालिका–४ मकवानपुरले गर्दैछ भने सम्पूर्ण तयारी तीव्र गतिमा अघि बढाइएको आयोजक समितिले जनाएको छ।

थाहा नगरपालिकाले यस्तो प्रतियोगितामार्फत नगरका युवामा खेलप्रति रुचि जगाउने र स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने बताइएको छ ।

पालिका प्रेस
थप जानकारी