मकवानपुरको आग्राबाट फूलपाती ल्याएर थाहानगरको पालुङ शहरमा फूलपाती भित्र्याइएको छ । पुरानो चलन अनुसार आग्राको देउखेलबाट ल्याएको फूलपाती वडा कार्यालयमा फूलपाती भित्र्याइएको हो । पालुङको दशै घर वि.सं. २०७२ सालको भूकम्पले क्षति पु¥याएपछि जीर्ण भवनमै फूलपाती भित्र्याउने गरिएकोमा गतवर्षबाट वडामै फूलपाती भित्र्याउने गरिएको हो ।

नेपालमा संघीयता कार्यान्वयनसँगै स्थानीय सरकार गठन भइसकेपछि नेपाली सेनाको उपस्थितीमा जनप्रतिनीधिहरु सहितको सहभागितामा शुभ साइतमा सलामी दिई दशै घरमा फुलपाती भित्र्याउने गरिएपनि अहिले नेपाल प्रहरीले बढाइँ गर्ने गरिएको छ । आग्राको चल्तीबाट अर्यालहरुले पालुङको मत्स्यनारायणसम्म बेलपत्र सहितको फूलपाती ल्याउने र त्यहाँबाट स्थानीय मगर, नेवार, भुजेल, ब्राम्हण सहितको सातजना कर्ताहरुले पालुङको फुलपाती चौरसम्म बाजागाजा सहित ल्याउने परम्परा छ । डोलीमा राखेर हर्षोल्लासका साथ ल्याइने फलुपातीले थाहानगरमा दशैं आएको संकेत गर्दछ ।

दशैमा मात्र प्रयोगमा आउने पालुङको खोला किनारामा रहेको उक्त चौरलाई सबैले फुलपाती चौरको नामले चिन्छन् । फुलपाती चौरमा ल्याइएको फुलपातीलाई पूजाविधि अनुसार शुभ साइतमा बली सहित सलामी दिएपछि पालुङको दशै घरमा फुलपाती भित्र्याउने पुरानो चलन हो ।
परापूर्व कालदेखिदेखि नै संचालन हुँदै आएको परम्परा तत्कालिन प्रधानपञ्चको नेतृत्वमा हुँदै आएको भए पनि मुलुकमा बहुदल आएपछि तत्कालि दामनपालुङ आर्थिक विकास सहयोग समितिले व्यवस्थापन गर्दै पालुङ गाविसका पूर्व अध्यक्ष श्यामभक्त श्रेष्ठनले बताए । पालुङ स्थित दशै घरमा फुलपाती भित्र्याएपछि स्थानीयहरुले घरघरमा फुलपाती लगेर आफ्नो घर–घरमा लगि भित्र्याउने परम्परा छ । दशैघरबाट स्थानीय सरकारका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र जनप्रतिनीधिहरुलाई समेत फूलपाती दिने चलन छ । यसरी फूलपाती वितरण गर्दा ओहोदा अनुसार टपरी, बोता तथा दुनाहरुमा र हातहातमा समेत वितरण गर्ने चलन छ ।

संस्कृति र परम्परा जोगाउँदै धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा नगरलाई विकास गर्न समेत सघाउ पुग्ने भएकोले पुरानो परम्परा जोगाइ राख्नुपर्ने नगर प्रमुख विष्णु बहादुर विष्टको प्रतिक्रिया छ । पुरानो परम्परामा नै पहिचान हुने भएकोले यस्तो चालचलन जोगाउन सँधै प्रतिवद्ध हुने वडा अध्यक्ष बमबहा दुर सिन्तान बताउँछन् । वडाको विविध साँस्कृतिक परम्परा संरक्षणमा सहयोग प्रलान गर्दै आएको अध्यक्ष सिन्तानको भनाइ छ ।
फूलपाती भित्र्याउने कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्ट, उप–प्रमुख भरत गोपाली, २ नम्बर वडा अध्यक्ष बम बहादुर सिन्तान तथा सदस्यहरु, थाहा नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख अनिल लामिछाने, पर्यटन शाखा प्रमुख सुरज भुजेल, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविनबाबु अर्याल, पूर्व जनप्रतिनीधि श्यामभक्त श्रेष्ठ तथा पत्रकार र सुरक्षा निकायको उपस्थिती उपस्थिती रहेको थियो ।

वडा कार्यालयलाई नै दशै घर मानेर घटस्थापनाको दिन स्थानीयहरुले सामुहिक जमरा राखेका छन् । पालुङको दशै घरमा महाअष्टमी राती कालरात्री गरिन्छ । महानवमीको दिन दशै घर नजिकैको कोतमौलामा कोतपुजा र विजयादशमीको दिन टीका तथा जमराको कार्यक्रम समेत रहेको थाहा नगरपालिका वडा नम्बर २ का निरोज प्रधानले जानकारी दिए ।
फूलपाती भित्र्याउन पालुङ शहरमा आयोजित वृहत साँस्कृतिक समारोहमा स्थानीय नेवारी बाजागाजाको साथै बैण्डबाजा समेत बजाइएको थियो ।















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्