मकवानपुरको भीमफेदी गाउँपालिका–९ को बसीफाँट तारेभिरको पहरामा बौद्ध धर्मगुरु रिम्पोछेको विशाल आकृति निर्माण कार्य जारी छ । भीमफेदी गाउँपालिकाको पहलमा बोधिचार्य फाउन्डेशनले गुरू रिम्पोछे (गुरु पद्मसम्भव) को १५० फिट अग्लो आकृति विशाल ढुंगा कुँदेर निर्माण गरिरहेको हो ।
निर्माण भइरहेको गुरू रिम्पोछेको आकृति एसियाकै अग्लो भएको गाउँपालिका कार्यालय दाबी गरेको छ । तारेभिरमा यसअघि विद्युत नपुगेकाले जेनेरेटरको प्रयोग गरेर निर्माण कार्य हुँदै आएको थियो । अब भने नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले तारेभिरमा विद्युत पु¥याउने भएको छ । १ असोजजमा हेटौंडा वितरण केन्द्रले ६०० मिटर एबिसी केबल तार हस्तान्तरण गरिएको छ । भीमफेदी गाउँपालिकाले ३ भदौमा प्राधिकरणलाई पत्राचार गर्दै विद्युत तार उपलब्ध गराइदिन अनुरोध गरेको थियो ।

बसीफाँट तारेभिरमा अब विद्युत पुग्ने पक्का भएकाले आकृति निर्माणमा सहजता हुने गाउँपालिका अध्यक्ष हिदम लामाले बताए । उनले यस धार्मिक स्थल संसारका बौद्ध मार्गीहरूको तीर्थस्थलको रूपमा विकास गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए । आकृति निर्माणस्थल धर्मगुरु रिम्पोछेको तीर्थस्थल छु–मिग ज्याङछ्युप नजिकै रहेको अध्यक्ष लामाले बताए । बसीफाँटको तारेभिरको पहरामा गुरु रिम्पोछेको आकृतिसँगै ५०/५० फिट अग्लो गुरु ज्याड्रल रिम्पोछे र गुरु पेनोर रिम्पोछेको आकृति ढुंगामा निर्माण भइरहेको छ ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्