सोमबार साँझ ६:३० बजेको समयमा गोपाली गाउँबाट थाना बजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बसको ठक्करबाट ३ जना पैदलयात्रीको ज्यान जाने गरि भएको दुर्घटनामा पिडित पक्षले न्याय नपाएको भन्दै र नारायणी यातायात व्यावसायि संघले बेवास्ता गरेको भन्दै १४ गते भोलि बाट चित्लाङ थानकोट सडक (गणेशमान मार्ग ) भएर चल्ने नारायणी यातायात व्यावसायि संघ मातहतका भाडाका सवारीसाधन लाई चल्न नदिने सूचना निकालेको छ।
वडा न ९ को अध्यक्ष राजकुमार बलामी द्वारा हस्ताक्षरित सुचनामा पिडित पक्ष र जनप्रतिनिधि तथा नारायणी संघका प्रतिनिधि बिच भएको छलफलमा संघले सम्झौता गर्न आनाकानी गरेको र स्थानियको माग अनुसार भोलि बुधवार बाट सडक बन्द गरिने उल्यख छ ।
साेमबार साँझ ब्रेकफेल भएकाे भनिएकाे बसले ठक्कर दिँदा झम्केश्वरी माविका दुई शिक्षककाे मृत्युु भएकाे थियाे भने दुई शिक्षक घाइते भएका थिए । उक्त दुर्घटनामा एकजना लेखापढी व्यवसायीकाे मृत्युु भएकाे थियाे भने मालपाेत कार्यालयका कर्मचारी घाइते भएका थिए ।
हेर्नुस सूचना


















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्