यही १९ वैशाखबाट हेटौँडामा सातौँ स्थानीय तह सहिद स्मृति राष्ट्रिय गोल्डकप महिला फुटबल प्रतियोगिता हुने भएको छ । अघिल्लो संस्करणहरुमा पुरुष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको मकवानपुर जिल्ला फुटबल संघले सातौं संस्करण भने राष्ट्रिय गोल्डकप महिला फुटबल प्रतियोगिताका रुपमा अगाडि बढाउन लागेको ६ वैशाखमा हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको हो ।
हेटौँडाको गौरीटार रंगशालामा हुने प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको (एपिएफ)सहित मकवानपुर, चितवन, सर्लाही, रौतहट र बारा जिल्लाका गरी ८ वटा क्लबले सहभागिता जनाउने फुटबल संघ मकवानपुरका सचिव छवी सुवेदीले जानकारी दिए । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्बोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने छ । प्रतियोगिता सञ्चालनका लागि ६१ लाख लाग्ने आयोजकको अनुमान रहेको छ ।
संघले छैटौं संस्करणको गोल्डकप प्रतियोगिताको आय–व्यय विवरण पनि शनिबार सार्वजनिक गरेको छ । प्रतियोगिता सकिएको १५ महिनापछि छैठौ स्थानीय तह राष्ट्रिय गोल्डकप प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक भएको छ । पत्रकार सम्मेलनमा संघका कोषाध्यक्ष अमृत लुङबाले फुटबल प्रतियोगिता आर्थिक रुपमा घाटा भएको जानकारी दिए । प्रतियोगिता आयोजना गर्न ९१ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ भने जम्मा ८९ लाख २४ हजार रुपैयाँ आम्दानी भएको विवरणमा उल्लेख गरिएको छ ।
प्रतियोगिताबाट २ लाख २४ हजार रुपैयाँ घाटा भएको कोषाध्यष लुङबाले बताए । २०८० माघ १६ गतेदेखि २७ गतेसम्म भएको प्रतियोगिताको फाइनलमा एनआरटीलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधि जितेको थियो । पत्रकार सम्मेलनमा विगत ६ वर्षदेखि पुरुष तर्फ गोल्डकप गर्दै आएको संघले यसवर्ष देखि महिला गोल्डकप प्रतियोगिता आयोजना गर्न लागेको हो ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्