हेटौंडा उपमहानगरपालिका–१४ स्थित कुखरेनी खोलाको किनारदेखि औद्योगिक क्षेत्र उत्तरपानीसम्मको सडक स्तरोन्नति कार्यको शिलान्यास गरिएको छ।
उक्त कार्यको ५ वैशाखमा नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा शिलान्यास गरिएको हो। कार्यक्रममा उपप्रमुख राजेश बानियाँ, वडा नम्बर १४ का अध्यक्ष दिपक खड्का तथा वडा सदस्यहरूको उपस्थिति रहेको थियो।
सडक निर्माण कार्य १ करोड ९१ लाख ४५ हजार ९३१ रुपैयाँको लागतमा सम्पन्न हुने जनाइएको छ। यस परियोजनाबाट स्थानीयवासीहरूलाई सहज तथा सुरक्षित यातायात सुविधा मिल्ने विश्वास लिइएको प्रमुख लामाले बताइन्।

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्