संघीय सरकार मार्फत अध्ययन भइरहेकामध्ये १२ वटा सुरूङको सम्भाव्यता अध्ययन सम्पन्न भएका छन् । विस्तृत अध्ययन भने हुनै बाँकी छ ।

यस्ता योजनामध्ये एक सुनसरीको धरान–लेउती सुरुङमार्ग छ । यसको लम्बाइ ३.८७ किलोमिटर रहनेछ । अर्को कैलाली र डोटीमा पर्ने खुटिया–बीपी नगर–दिपायल सुरुङमार्ग छ । यसको लम्बाइ ७.०१ किलोमिटर रहनेछ । यसैगरी गोदावरीकुण्ड–काभ्रे मनेदोभान सुरुङमार्ग ललितपुर, काभ्रेपलाञ्चोकमा सम्भाव्यता अध्ययन सकिएको छ । यसको लम्बाइ ३.६५ किलोमिटर रहनेछ ।

सम्भाव्यता अध्ययन सकिएको अर्को बागलुङको व्युं–नरेठाटी (७.४४ किलोमिटर) सुरुङमार्ग छ । यस्तै पाल्पाको प्रबास–जोर्ते सडक सुरुङमार्ग (४ किलोमिटर) पनि छ । मकवानपुरको कुलेखानी–भीमफेदी (३.१५६ किलोमिटर), खुर्कोट–सिन्धुली (४.९० किलोमिटर), ताथली–रविओपी (४.५८ किलोमिटर), बबई–छिन्चु (५ किलोमिटर), सुनमाई–राजदुवाली (१२.३० किलोमिटर) र माझिम्तार–शक्तिखोर (१०.६० किलोमिटर) सुरुङमार्गका पनि सम्भाव्यता अध्ययन भइसकेको छ ।

रारा राजमार्गको कुशे पाटनअन्तर्गत जाजरकोट ब्याउली ढुंगा र जुम्लाको इमिलचा खोला सुरुङमार्ग (१०.०७ किलोमिटर)को पनि सम्भाव्यता अध्ययन सकी डीपीआर तयार गर्ने कार्य भइरहेको छ ।

image (1)

पालिका प्रेस
थप जानकारी