थाहा नगरपालिका स्वास्थ्य शाखको आयोजनामा पोषण कार्यक्रम बारे पालिकास्तरीय दुई दिने वार्षिक समीक्षा कार्यक्रम ३२ साउनमा भएको छ । कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ मा थाहा नगरपालिकामा सम्पन्न पोषण कार्यक्रमको नगरस्तरीय वार्षिक समिक्षा गरिएको हो।

कुपोषणको वर्गीकरण, बालबालिकामा पोषणको अवस्था, कुपोषणका कारण नेपालमा बाल मृत्युदर, पोषणको अवस्था सुधार गर्न थाहा नगरमा भएका पहलहरु, पोषण बारे दिर्घकालिन सोच, लक्ष्य र उद्देश्यहरु, नगरपालिकास्तरीय पोषण समीतीको काम, कर्तब्य र अधिकार लगाएतका बारेमा जानकारी गराइएको थियो।

समीक्षा कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ मा थाहा नगरपालिका भित्र जन्मेका शिशुहरुको वृद्धि अनुगमन ०–२३ महिना सम्मको ८५ प्रतिशत रहेको छ भने जन्मेदेखी ६ महिना सम्म पुर्ण स्तनपान गराउने ९० प्रतिशत रहेको पाइएको छ । त्यसैगरी ६–८ महिनादेखि थप खाना खुवाएको बच्चा ८२ प्रतिशत रहेको समिक्षामा प्रस्तुत गरिएको थियो ।

थाहा नगरपालिकामा २०८० कार्तिक पहिलो साता खुवाइएको भिटामिन ए कार्यक्रम ११३ प्रतिशत दोस्रो चरणको भिटामिन ए २०८१ बैशाखमा ११० प्रतिशत, पहिलो चरण जुकाको औषधि ११४ प्रतिशत र दोस्रो चरणको जुकाको औषधि ११२ प्रतिशत,प्रोटोकल अनुसार ८ पटक गर्भवती जाँच गराएको गर्भवतीको संख्या ४३.७ प्रतिशत र प्रसुती पश्चात् सुत्केरी जाँच गराउनेको ४६ प्रतिशत रहेका छन ।

नगरपालिकामा १० देखि १९ बर्षका ३१ सय २ किशोरी हरुलाइ आइरन चक्की वितरण गरिएको समिक्षा कार्यक्रममा जानकारी दिइएको थियो । सुआहाराले प्रवद्धन गरेका दश मुख्य ब्यवहारहरु,सुआहारा कार्यक्रमका आगामि योजनाहरु, पोषण सम्बन्धि सुचकहरुको अभिलेख एंव प्रतीवेदनको गुणस्तरको सुधार तथा चुनौतीहरु लगाएतका बारेमा जानकारी गराइएको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताए। समीक्षा कार्यक्रममा थाहा नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी हरुको उपस्थिती रहेको थियो।

पालिका प्रेस
थप जानकारी