निर्वाचन आयोगले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहको रिक्त गरिदिएको छ ।
गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनी निर्वाचित भएकी मेयर साहले दल त्याग गरेको भन्दै आयोगले उनको पद स्वतः रिक्त हुने निर्णय गरेको हो ।
‘साह अन्य दलमा प्रवेश गरेको भनी नेकपा एमाले नामक राजनीतिक दलको केन्द्रीय समितिको निर्णयको प्रतिलिपीसहित आयोगका जानकारी प्राप्त हुन आएकोले राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ को उपनियम २ बमोजिम निज निर्वाचित भएको पद स्वतः रिक्त हुने भनी आयोगबाट २९ असोजमा निर्णय भएको छ,’ आयोगले भनेको छ ।




















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्