चाडपर्व नजिकिए सँगै विद्युत सेवालाई नियमित गर्न पालुङ प्राधिकरणले लाईन छेउछाउका रुख तथा हाँगाविगा कटान तथा लाईन मर्मत कार्यलाई तिब्रता दिएको छ । उत्तरी मकवानपुरमा वितरित लाईन विषेश गरि वन क्षेत्रमा भएकाले सामान्य हावाहुरीमा पनि विद्युत अवरुद्ध हुने समस्या समाधान गर्न लाईन वरपरका रुख तथा हाँगाविगा काट्न शुरु गरेको पालुङ प्राधिकरणले जनाएको छ ।
हाल वनका कारण अलि बढी जोखिम देखिएका क्षेत्रको पहिचान गरि सुधार गर्न लागिएको वितरण केन्द्र प्रमुख माधव न्यौपानेले बताए । पालुङ प्राधिकरणमा प्रमुख भई आए पछि न्यौपानेले मातहतका शाखा हरुलाई सक्रिय बनाउदै विद्युत सेवा नियमित गर्न लाईनको नियमति मर्मत सम्भार गराउन सक्रियता देखाएका छन् । अहिलेको मर्मत सम्भार र हाँगाविगा कटानले हिँउद महिना भर विद्युत नियमित गर्न सहज हुने भन्दै यस अभियानलाई निरन्तर जारी राख्ने र यस अभियानमा सबैको साथ सहयोग पाउने विश्वास रहेको पनि प्रमुख न्यौपानेले बताए ।




















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्