सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा मीना कुमारी लामा र उपमेयर पदमा राजेश बानियाँले उम्मेदवारी दर्ता गराएका छन् । १२ वैशाख दिउँसो ३ बजेको समयमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मीना र राजेशले उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्तारुढ दलबीचको सहमतिमा नेकपा एकीकृत समाजवादीबाट मीना कुमारी लामा मेयर पदमा उम्मेदवार बनेका हुन् भने नेपाली कांग्रेसबाट राजेश बानियाँ उपमेयर पदमा उम्मेदवार बने । कतिपय वडामा गठबन्धनबीच तालमेल भएको छ भने कतिपय वडामा तालमेल हुन सकेको छैन ।

पालिका प्रेस
थप जानकारी